गिरिजाले फौजी आक्रमण बढाइदिन आग्रह गरेको प्रचण्डको खुलासा | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

गिरिजाले फौजी आक्रमण बढाइदिन आग्रह गरेको प्रचण्डको खुलासा

prachanda-girija

काठमाडौं, १ फागुन । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सही विचार र सही नेतृत्वकै कारण असम्भव भनिएका कामहरु सम्भव हुँदै गएको बताउनुभएको छ ।

बुधवार पार्टी कार्यालय धुमवाराहीम जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सही नेतृत्व भएकै कारण एक अर्कामा कटुता र सत्रुतापूर्ण ब्यवहारमा रहेका दुई मुख्य पार्टीहरुको एकता सम्भव भएको बताउनुभयो । उहाँले तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित हुन सकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले तत्कालिन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको र सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र आफुबिच राजधानीमा जनआन्दोलन बढ्दै थएका बेला दिनदिनै कुराकानी भएको र त्यसबेला कोइरालाले अझ बढी फौजि आक्रमण बढाइदिन आग्रह गरेको खुलासा समेत गर्नुभयो ।

कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताउनुभयो । जनयुद्धले नेपालको राजनीतिलाई नै परिवर्तन गराईदिएको गौतमको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागि हुनुभएन् । प्रधानमन्त्री ओली गत वर्ष फागुन एक गते आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुनुभएको थिएन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);