नौं वटै जिल्लाबाट एक साथ भिडियो कन्फरेन्स गर्न सक्ने डिजिटल प्रविधिको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नौं वटै जिल्लाबाट एक साथ भिडियो कन्फरेन्स गर्न सक्ने डिजिटल प्रविधिको सुरुवात

कैलाली, २९ माघ । सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका नौं वटै जिल्लाबाट एक साथ भिडियो कन्फरेन्स गर्न सक्ने डिजिटल प्रविधिको सुरुवात गरेको छ ।

प्रदेशका ९ ओटै जिल्लाका प्रतिनिधिहरुसंग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले बुधबार उक्त डिभियो कन्फरेन्स प्रविधि उद्घाटन गर्नु भएको हो ।

सभामुख थापाले यो प्रविधिबाट प्रदेश सरकारका कार्यक्रमबारे स्थानीय सरकारलाई छलफल गर्न सजिलो सहज हुने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिको संसद सहयोग परियोजनाको सहयोगमा प्रदेश सभामा उपकरणहरुको जडान गरिएको हो । प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरा सहितको एलइडि मोनिटर, अडियो सिस्टम र २० एमपिएरको इन्टरनेट जडान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);