सांसद अमरेशलाई लक्षित गरि गोली प्रहार, प्रतिकारमा सुरक्षाकर्मीले चलायो गोली | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सांसद अमरेशलाई लक्षित गरि गोली प्रहार, प्रतिकारमा सुरक्षाकर्मीले चलायो गोली

 

सर्लाही, २ असोज । प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनको अघिल्लो दिन हिजो आइतबार सांसद अमरेश कुमार सिंहमाथि लक्षित गरी गोली प्रहार भएको छ।

उनीमाथि लक्षित गरिए पनि गोली उनको सवारी साधनमा लागेका कारण कुनै मानविय क्षती भएन। सर्लाही वलरा नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसका महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले बताए।

सोहि नगरपालिका वडा नं ३ का वडा राजपाका तर्फबाट अध्यक्षका प्रत्यासी शुसील मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले बताए। आफ्नो ज्यान लिने उद्धेश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको छ।

चुनावलाई प्रभावित पार्न अघिल्लो रात आफूमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै सिंहले यसको जानकारी प्रधानमन्त्रीदेखि सुरक्षा निकाय सबैलाई गराएको बताए। उनले शान्तिपूर्ण चुनाव गराउन गृह प्रशासन र सरकारसँग माग गरेका छन्। गोली प्रहार भएसँगै सुरक्षामा खट्टिएको प्रहरीले एक राउण्ड फायर गरेको थियो।