चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

corona 1000 mrityu

वरिष्ठ चिनियाँ अधिकारीहरु पनि कारबाहीमा

एजेन्सी, २८ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना भाइरसको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा एकैदिनमा १०३ जनाको ज्यान गएपछि यसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोनाको प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सबैभन्दा बढी सङ्ख्या हो । चीन बाहिर कोरोना भाइरसबाट २ जनाको ज्यान गएको छ । मृत्यु हुनेको संख्या बढ्न थालेपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन् । त्यसैगरी चन्दा हिनामिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन् । अहिले चीनमा उक्त भाइरसको सक्रमितको संख्या ४२ हजार २ सय पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

भाइरस नियन्त्रणमा सहयोग गर्न विश्व स्वास्थ्य संगठनको टोली बेइजिङ पुगिसकेको छ । यसैबीच चीनका राष्ट्रपति सी जिन्पीङले बेइजिङमा कोरोनाभाइरस संक्रमणको उपचार स्थानको अवलोकन गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);