राष्ट्रियसभाका अध्यक्षसँग भेट गरेका क्यानडाका सभामुखले सभामुख सापकोटासँग भेटवार्ता नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रियसभाका अध्यक्षसँग भेट गरेका क्यानडाका सभामुखले सभामुख सापकोटासँग भेटवार्ता नगर्ने

काठमाडौं, २७ माघ । नेपाल भ्रमणमा रहनुभएका क्यानडाका उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग भेटवार्ता गर्नुभएन ।

दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आईपुगेको जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै राष्ट्रिसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग भेट गर्नुको छ । साथै राष्ट्रियसभा बैठकको अवलोकन गरेको थियो ।

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट्ने कार्यतालिका छ ।

तर उहाँले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई भेट्ने तालिका नभएपछि यसबारे सर्वत्र चाँसो उत्पन्न भएको छ । सभामुख सापकोटासंग भेट गर्ने कार्यक्रम नराखिएको बारेमा विभिन्न टिकाटिप्पणी भईरहँदा राष्ट्रियसभा सचिवालयले भने अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निमन्त्रणमा आएकाले सभामुखसंगको भेट नहुने स्पष्ट पारेको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भ्रमण कार्यक्रम तय हुँदाको बखत सभामुख पद रिक्त रहेको र अध्यक्षको औपचारिक निमन्त्रणामा आएको हुनाले सभामुख जे फ्युरीले प्रतिनिधिसभाका सभामुख सापकोटासंग नभेट्ने स्पष्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);