मुलुक समाजवादको युगतर्फ अघि बढे पनि सबैको भावना र चाहाना समेट्न सकिएन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुलुक समाजवादको युगतर्फ अघि बढे पनि सबैको भावना र चाहाना समेट्न सकिएन : प्रचण्ड

काठमाडाैं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समाजवादको युगतर्फ अगाडी बढेको भएपनि सबैको भावना र चाहानाहरु समेट्न नसकिएको स्वीकार गर्नुभएको छ ।

काठमाडौंमा भएको एफ. एल. एफ. अवार्ड कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भएपनि अझै सबैको भावना र चाहाना समेट्न नसकिएको स्वीकार गर्नुभएको हो ।

देश संघीय लोकतान्त्रीक गणतन्त्रको युगमा भएपनि संविधानमा अझै समानता, समावेशीताका कुराहरु पुरा हुन नसकेको उल्लेख गर्दै दाहालले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौँ । यद्यपी सबैको भावनाहरु सबैका चाहानाहरु त्यसमा समेटीसके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन् । हाम्रो संविधानले पनि यसको परिमार्जनको यसको विकासको आवश्यकता स्वीकार गरेको छ । तर पनि फेरी एउटा सामन्तवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ ।’’

अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरबको कुरा भएको बताउनुभएको छ ।

विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उँचो ठाउँमा पु¥याउन सम्भव रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);