राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण स्थलहरुको अवलोकन (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण स्थलहरुको अवलोकन (फोटोफिचर)

president bhandari awalokan6

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार पुनर्निर्माण स्थलहरुको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २०७२ को भूकम्पबाट क्षति भएको राजधानीको रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, बसन्तपुर दरबार क्षेत्रलगायतका स्थानमा पुनःनिर्माण हुँदै गरेको संरचनाको अवलोकन गर्नुभएको हो ।

शीतल निवासबाट रानीपोखरी पुग्नुभएकी राष्ट्रपति भण्डारीले त्यहाँको निर्माण प्रगतिको जानकारी लिइसकेपछि दरबार हाइस्कुलको अवलोकन गर्र्नुभयो । त्यसपछि धरहरा क्षेत्रको अवलोकन गरेर उहाँ बसन्तपुर दरबार क्षेत्रको पुग्नु भएको थियो ।

अवलोकन भ्रमणपछि राष्ट्रपतिले पुर्ननिर्माणले गति लिएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी लाग्न सम्बिन्धित सबैसँग आग्रह गनुभयो ।

राष्ट्रपतिलाई पुनर्निर्माणमा भएका प्रगतिबारे राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले जानकारी गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);