अवको दश दिन भित्रमा एमसीसीको अध्ययन सकिन्छ : झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

अवको दश दिन भित्रमा एमसीसीको अध्ययन सकिन्छ : झलनाथ खनाल

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीका विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ ।

कार्यदलका संयोजक वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले कुनैपनि आवेग, आक्रोस र भावनामा नरही तथ्यहरुको आधारमा सत्य पत्ता लगाउनेतर्फ बैठक अगाडि बढेको बताउनुभयो । उहाँले अवको दश दिन भित्रमा अध्ययन सक्ने समेत बताउनुभयो ।

त्यस्तै नेता भिमबहादुर रावलले सबै सामग्री जुटाई अध्ययन गर्ने कुरा बैठकमा भएको बताउनुभयो । उहाँले सबै सान्र्दभक सामग्रीहरु प्राप्त गरेर अध्ययन गर्ने र छलफल गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);