बार्सिलोना र रियल मड्रिड कोपा डेल रेबाट बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेबाट बाहिरिए

barca and real copa del rey

एजेन्सी,  २४ माघ । स्पेनी कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल म्याड्रिड क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन् ।

बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । योसंगै लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने बार्सिलोनको सपना क्वार्टरफाईनलमै सिमित बन्यो । खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटले गरेको आत्मघाति गोलसंगै एट्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ ।

यसैगरी अर्को खेलमा रियल म्याड्रिड रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । यो नतिजाले सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियल म्याड्रिड बिनाको हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);