सुनसरी, २२ माघ । बिद्यार्थीका आविस्कार र सिपलाई समुदायसंग जोड्न धरानमा आयोजना गरेको हात्तीसार एक्स्पो २०७६ सम्पन्न भएको छ ।
केन्दीय प्रविधि क्याम्पसको आयोजनामा भएको ३ दिने एक्स्पोमा बिद्यार्थीले आविस्कार गरेका बिभिन्न प्रबिधि र खाद्यान्नका परिकारको प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरुले सिर्जना गरेका सामग्रीहरु क्याम्पसको कोठामा मात्र सिमित नराखेर समाजसम्म जोड्नु पर्ने आवश्यकता महसुस गरी एक्स्पोको आयोजना गरिएको माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बु बताउनुभयो ।
क्याम्पसले करिब ३२ वर्षको अन्तरालमा विद्यार्थीहरुको लागि यो अवसर जुराएको हो । यसअघि २०४५ सालमा क्याम्पसले स्थानीय स्तरमा उत्पादीत बस्तु तथा विद्यार्थीहरुको सिर्जनालाई प्रदर्शन गर्ने अवसर पाएको थियो ।




