इलामे किवीको बजार प्रवर्द्धन गर्न धरानमा एक्स्पो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इलामे किवीको बजार प्रवर्द्धन गर्न धरानमा एक्स्पो

बजार प्रवर्द्धन नहुँदा इलामको किविले बजार पाएन –

टीका खतिवडा
धरान, ३ पुस । इलाममा किवी उत्पादन हुन थालेको १० बर्ष बढी भयो । तर किवीको प्रवर्द्धन नहुँदा इलामको किविले राम्रो बजार पाउन सकेको छैन । अहिले भने स्थानीय तहकै पहलमा इलामे किवीको बजार प्रवर्द्धन गर्न धरानमा एक्स्पो नै शुरु भएको छ ।

इलामलाई किवी उत्पादनमा अग्रणी जिल्लाको रुपमा लिइन्छ, तर इलामे किवीको बजार बृहत् हुन नसक्दा भने यहाँका किसानले राम्रो आम्दानी लिन सकेका छैनन् ।

यही समस्याको समाधान गर्न सुनसरीको धरानमा बिहीबारबाट ‘इलाम किवी फल एक्स्पो २०७६’ सञ्चालन शुरु भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मिलेर धरानमा किवी एक्स्पो आयोजना गरिएको हो ।

??

सहआयोजकको रुपमा रहेको धरान उपमहानगरपालिकाले स्थानीय ब्यवस्थापन गरेको एक्स्पोमा १० वटा स्टल मार्फत् इलामको उत्पादन विक्री भइरहेको छ ।

नेपालमा अन्य फलको तुलनामा महंगो मुल्यमा विक्री हुने किवीबाट जुस, जाम, अचार लगायत बनाउन सकिन्छ । तर पनि यससँग सम्वन्धित उद्योग सञ्चालन हुन नसकेपछि बाहिरी जिल्लामा बजारीकरण तथा यसको प्रवर्द्धन गर्ने उद्देश्यले किवी एक्स्पो गरिएको हो ।

एक्स्पोमा इलाममा उत्पादित किवी विक्री वितरणका साथै यसका फाइदाबारे जानकारी गराइने छ । धेरै फलफूलबाट पाउन सकिने भिटामिन एउटै किवीबाट पाइने भएकाले पनि यो फल सेवन फलदायी रहने बताइएको छ ।

यता किवी किसानहरुले समेत यसलाई उत्सवकै रुपमा लिएका छन् । एक्स्पोबाट आगामी वर्षमा बगैचामा नै किवी खोज्दै जाने वातावरण बन्ने किसानको अपेक्षा छ ।

संघीय सरकारले सन्दकपुर गाउँपालिकामा मुख्य कार्यालय रहने गरी किवीजोन परियोजना समेत सञ्चालन गरिरहेको छ । किवी एक्स्पोमा इलाममा उत्पादित ग्रिन टि, घिउ, ललीपप, अकबरे, खुर्सानी, बम्बैसन लगायतका वस्तुहरु समेत राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);