वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

durganath sharma

काठमाडौं, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको बुधबार बिहान त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन हो ।

शर्मालाई केही समयदेखि मुटुमा समस्या रहेको थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो । उपचारार्थ सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ५ दिन अगाडि भर्ना गरिएका शर्मालाई मंगलबार साँझमात्र मनमोहन कार्डियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहनु भएका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);