कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पहिलो पटक एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पहिलो पटक एकको मृत्यु

coronavirus dead 25

एजेन्सी, १९ माघ । कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। फिलिपिन्सको मनिलामा कोरोना भाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो ।

फिलिपिन्स आइपुग्नु अघि नै उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३०० जना भन्दा बढीको मृत्यु भईसकेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या १४ हजार भन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’घोषणा गरिसकेको छ ।

अमेरिका र अष्ट्रेलियाले कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउँदै आफ्नो देशमा आउने विदेशी नागरिकमाथि कडाइ गरेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भइरसको संक्रमण विश्वका २२ देशमा फैलिएपछि अमेरिकाले आपतकालीन स्वास्थ्य अवस्थाको घोषणा गरेर आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकमाथि कडाइ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);