राष्ट्रिय प्रसारणलाइनमा ६.६ मेगावाट विजुली थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय प्रसारणलाइनमा ६.६ मेगावाट विजुली थपियो

bijuli

काठमाडौं, १८ माघ । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ ।

६ दशमलब ६ मेगावाट क्षमताको उक्त विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका ५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ ।

सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीले जनाको छ ।

निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको छ । बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती २ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);