किन बढ्दैछन् क्यान्सरका बिरामी ? | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

किन बढ्दैछन् क्यान्सरका बिरामी ?

bhaktapur cancer hospital

काठमाडौं, १८ माघ । भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठ हरेक दिनजसो चिकित्सकहरूसँग परामर्श गर्छन् । आधा घण्टाको परामर्शमा आध्यात्मिक कुरा गर्छन् । सहकर्मीलाई उत्पे्ररित गर्दै भन्छन्, ‘बिरामीको उपचार गर्नु नै धर्म हो । मन्दिर गएर भन्दा बिरामीको उपचार गर्दा बढी धर्म कमाइन्छ ।’

क्यान्सर बिरामीको मनस्थिति तनाव र हतासपूर्ण हुने गरेकाले सम्झाइबुझाइ गर्नुपर्ने खाँचो रहेको डा. श्रेष्ठ बताउँछन् । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामी जटिल अवस्थामा पुगेपछि अस्पताल आउँछन् । डा. श्रेष्ठ भन्छन्, ‘रोकथाम गर्न वा उपचार गरी निको पार्न सकिने अवस्था भए पनि बिरामी तेस्रो वा चौथो अवस्थामा मात्र अस्पताल आइपुग्छन् । त्यस्तो अवस्थामा बिरामीको पैसा पनि जान्छ । ज्यान पनि गुम्छ ।’ उपचारकै क्रममा भक्तपुर अस्पतालमा क्यान्सर बिरामीको दैनिकजसो मृत्यु हुने गरेको छ ।

चेतनाको अभावमा बिरामीले रोगसँगै आर्थिक बोझसमेत बोक्नु परिरहेको छ । यसको भागीदारका रूपमा बिरामी नभएर राज्य भएको डा. श्रेष्ठको टिप्पणी छ । ‘राज्य त अभिभावक हो । जनचेतना फैलाउन नसक्नु राज्यको कमजोरी हो । जनताको गल्ती छैन’, उनले भने ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);