अध्यागमनलाई सुरक्षित बनाउन बायोमेट्रिक प्रणालीको शुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अध्यागमनलाई सुरक्षित बनाउन बायोमेट्रिक प्रणालीको शुरुवात

काठमाडौं, १७ माघ । सरकारले अध्यागमनलाई सुरक्षित बनाउन बायोमेट्रिक प्रणालीको शुरुवात गरेको छ । नेपाल भित्रने तथा बाहिरिने विदेशीको प्रविधिबाट औंठाछाप सहित आँखाको नानीको रेकर्ड गरिने भएको छ । विभागले विदेशी तथा स्वदेशीको आगमन र निगमनलाई व्यवस्थित गर्न बायोमेट्रिक प्रणालीको शुरुवात गरेको हो ।

नेपाल भित्रिने र बाहिरिने नागरिकको अध्यावधिक गर्न अध्यागमन विभागले बायोमेट्रिक प्रणालीको सोमबारबाट शुरु गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उच्च क्षमताका कम्प्युटर र बायोमेट्रिक उपकरण एवं सेमी अटो गेट्ससहितका आधुनिक अध्यागमन डेस्क स्थापना गरिएको छ ।

उक्त प्रणालीमार्फत नेपाल भित्रिने र बाहिरिनेको तथ्यांक राखिने भएको छ । प्रविधि प्रयोगमा आएसँगै नेपाल आउने तथा बाहिरिने हरेक विदेशी नागरिकको औंठाछाप र आँखाको नानीको रेकर्ड विभागसँग रहनेछ ।

कूटनीतिक नियोगबाट समेत यही प्रणालीभित्र रहेर भिसा जारी गरिनेछ । अध्यागमन सम्बद्ध डाटाको सुरक्षाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा अत्याधुनिक उपकरणसहितको डाटा सेन्टर स्थापना गरिएको छ ।

प्रणाली प्रयोगमा आएसंगै विदेशी पर्यटकको ६ महिनाको तथ्यांक हेर्न सकिन्छ । तथ्यांक अनुसार ६ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो प्रविधिको प्रयोगसँगै भिसा आवेदनमा लामो लाइन बस्नुपर्ने बाध्यता पनि हट्नेछ ।

प्रविधिको प्रयोगमार्फत विदेशी नागरिक नेपाल बस्दा उनीहरुको गतिविधिको अनुगमन समेत गर्न सकिने भएको छ । त्यसका लागि लोकेसन ट्राकिङ गर्न छुट्टै मोडलको विकास गरिएको छ ।

यस्तै, भिसा दस्तुर समेत अनलाइनबाटै तिर्न सकिने गरी अनलाइन पेमेन्ट विकास गरिएको छ । प्रणालीले सेवा दिन थालेपछि सेवामा सहजता हुने विश्वास गरिएको छ ।

सूचना प्रविधिको तीव्र विकास भैरहेको दुनियांमा बायोमेट्रिक प्रणालीको शुरुवात हुनु सकारात्मक मान्न सकिन्छ । यसबाट विदेशी पाहुनाको नेपाल आगमनलाई व्यवस्थित बनाउनेमा धेरै मद्दत अवस्य पुग्नेछ ।

तर प्रविधि प्रयोगको शुरुवातसंगै यसको निरन्तरतामा जिम्मेवारहरुले कति ध्यान दिन्छन् त्यो भने भाविश्यले नै बताउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);