‘नेपाली पोर्ट’ को शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘नेपाली पोर्ट’ को शुभारम्भ

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गर्नुभएको हो । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाए र नेपाली पोर्ट नामक प्रणालीको विकास गरेका हुन् ।

नेपाली पोर्टको विकासपछि नेपाली भिषाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ । नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीहरुको बायो मेट्रिक इन्फोमेसन, इरिस, फिङ्गरप्रिन्ट र फोटो समेत प्रणालीमा रहने छ ।

यहि प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, बैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षामन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्बद्ध सुचानाहरु हेर्न मिल्ने गरि व्यवस्था समेत मिलाइएको छ ।

भिषा आवेदन, विदेशी नागरिकको नेपाल बसाईको अनुगमन र भिसा दस्तुर तिर्न समेत सहज हुने विश्वास लिइएको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरण सहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत स्थापना गरिएको छ । अध्यागमन सुधार कार्यक्रम अन्तर्गत करिब २२ करोड खर्च हुने अनुमान गरिउकोमा अहिलेसम्म १६ करोड खर्च भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);