नुवाकोट, १७ माघ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरेमा भएको वन जंगल फडानी रोक्नु पर्ने बताउनु भएको छ । नुवाकोटको बट्टारमा बिहिबार छैठौं नुवाकोट महोत्सवको उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा.रामवरण यादवले तराईको वन सखाप बनाएर त्यस क्षेत्रमा रहेका ढुङ्गामाटोको व्यापार भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
पूर्व राष्ट्रपति यादवले देशमा तीन तहका सरकार भएपनि त्यस क्षेत्रको दोहन रोक्न नसकेको गुनासो गर्नुभयो । उहाँले चुरे क्षेत्रको संरक्षणको लागि प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले गम्भिर भएर काम गर्नुपर्ने उल्लेख गनर्स भयो ।
डा. यादवले विभिन्न स्थानमा आवश्यकताको पहिचान गरेर मात्र वन क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने बताउनुभयो ।