मुलुकमा इमान्दार नेताहरु नभएको पूर्व राष्ट्रपति यादवको दावी | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

मुलुकमा इमान्दार नेताहरु नभएको पूर्व राष्ट्रपति यादवको दावी

purbarastrapati yadav

काठमाडौं, १८ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गरेका छन् ।  पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिए ।

शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भईरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क गरे ।

पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा जोड दिए । उनले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।