विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा

bidesh varman

बाँके, १८ फागुन ।  विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।  विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।

उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

“जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ”, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।” उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काँग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन÷तीन र एउटा फोरमको भागमा परेको थियो । काँग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काँग्रेस  निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);