सरकारमा जानेबारे पार्टीमा कुनै छलफल भएको छैन : महेन्द्रराय यादव | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

सरकारमा जानेबारे पार्टीमा कुनै छलफल भएको छैन : महेन्द्रराय यादव

काठमाडौं, १६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ ।

अध्यक्ष मण्डलका सदस्य यादवले सरकारमा जाने नैतिक धरातल नभएकाले पार्टीमा छलफल नै नगरिएको बताउनुभएको हो । बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको साक्षात्कारमा बोल्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताउनुभयो ।

उहाँले सरकारमा सहभागी हुने विषय आफुहरुको प्राथमिकतामा नभएको समेत बताउनुभयो । उहाँले पार्टीले राखेका माग र मुद्दा सम्बोधन भएमा वातावरण बन्ने र त्यसबेला विचार गर्न सकिने बताउनुभभयो । आफ्नो पार्टीले उपसभामुखको दावी नगरेको तर सरकारले किन दिन चाहेको छ भन्ने विषय बुझ्न नसकेको उहाँले बताउनुभयो ।

नेता यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रकृया अगाडि बढिरहेको समेत बताउनुभयो । उहाँले प्रदेश २ मा राजपा नेपाल र समाजवादी पार्टीको वर्तमान गठबन्धन नटुट्ने समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);