एजेन्सी, १ असोज । बलिउडकै ठुलो स्टुडियोे अन्तगर्त पर्ने आर.के. फिल्म्स एण्ड स्टुडियो शनिबार आगजनी भएको छ ।
आगजनीमा राज कपुर खान्दानले एक जमाना प्रयोग गरेका ड्रेस, फोटो लगाएतका विभिन्न महत्वपुर्ण ऐतिहासिक फिल्मी समाग्री जलेको जुम टिभीले जनाएको छ ।
आर. के. स्टुडियो मै छायांकन भइरहेको सुपर डान्सर सिजन २ को सेट समेत जलेर नष्ट भएको छ ।
ऋषी कपुरले सामाजिक सञ्जाल मार्फत स्टुडियोको भवन त निर्माण गर्न सकिन्छ तर बितेका पलहरु याद दिलाउने सबै कुराहरु खरानी भएको भन्दै दुख व्यक्त गरेका छन् ।
उनका पिताले स्थापना गरेको सो स्टुडियोमा निकै अविष्मरणीय क्षण कैद रहेको उनको भनाई थियो । घटना शनिबार दिउसो भएको थियो । घटनामा केहि मानवीय क्षति नभएको ऋषि कपुरले जनाएका छन् ।