झापा, १५ माघ । झापामा हात्तीपाइले रोग निवारणका लागि यहि माघ २५ गतेदेखि फागुन ५ गतेसम्म औषधी खुवाइने भएको छ ।
औषधि खुवाउनका लागि जिल्लाभर ६ सय ३१ जना स्वास्थ्य स्वयमसेविका र ४ सय १६ जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा ९ लाख २० हजार ८ सय ९५ जनालाई एकैपटक औषधी खुवाउने तयारी स्वास्थ्य कार्यालयको छ ।
७० वर्ष भन्दा माथिका, २ वर्षभन्दा मुनिका र गर्भवती महिला तथा सात दिने सुत्केरीले यो औषधि सेवन गर्न नहुने स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लगाईले बताउनुभयो ।