धनगढी उपमहानगरले विकास सम्मेलन आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धनगढी उपमहानगरले विकास सम्मेलन आयोजना गर्ने

धनगढी, १३ माघ । कैलालीको धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्ने भएको छ । धनगढीको सर्वाङ्गिण र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनबारे सोमबार पत्रकार सम्मेलन आयोजना गरी उपमहानगरपालिकाले जानकारी गराएको हो । धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैंकहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिनु भयो।

यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।

नगरको विकासका लागि नागरीकसंग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने जनाएको छ । सम्मेलन फल्गुन १८ गते ओम प्यालेसमा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);