सवारी नियम नमाने ६० प्रकारका जरिवाना | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

सवारी नियम नमाने ६० प्रकारका जरिवाना

traffic sachetna karyakram

काठमाडौं, १३ माघ । सरकारले सवारी नियम उल्लंघन गरेमा झन्डै ६० प्रकारका जरिवाना लिने भएको छ। सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ मा सो व्यवस्था राखिएको छ।

मस्यौदाको परिच्छेद–९ को सजायसम्बन्धी व्यवस्था र दफा ८२ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्नसक्ने व्यवस्थाअनुसार झन्डै ६० प्रकारको सजायको व्यवस्था गरेको छ।

सो विधेयक हाल सरोकारवाला निकायसँग छलफलका क्रममा रहेको छ। सवारी यातायातलाई व्यवस्थित गर्न र दुर्घटना कम गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो।

सजायअनुसार फुटपाथमा सवारी चलाएमा, ओभरटेक गर्न नहुने ठाउँमा वा असुरक्षित ठाउँमा ओभरटेक गरेमा, रातमा बत्ती नबाली सवारी चलाएमा, एकतर्फी सडक (वान–वे) मा सवारी चलाएमा, मध्यम वा लामो दूरीको सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा, मोबाइल फोन प्रयोग गरी सवारी चलाएमा, ढोका खुला राखी सवारी चलाएमा, अवस्था ठीक नभएको सवारी साधन चलाएमा, लेन अनुशासन पालना नगरी सवारी चलाएमा वा संकेत नदिई लेन परिवर्तन गरेमा पाँच–पाँच हजार रुपियाँ जरिवाना गर्ने व्यवस्था उल्लेख गरेको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।