काठमाडौं, १२ माघ । नेपाल सरकारले सडक नजिक तथा घना बस्तीवीच रहेका पेट्रोल पम्प स्थानान्तरण गर्ने भएको छ । राजधानीका विभिन्न स्थानमा रहेका १८ वटा पेट्रोल पम्पहरुलाई सरकारले गत पौष २९ गते अन्यत्र सार्न निर्देशन दिइसकेको छ । सरकारका दिएको निर्देशन पालना नगर्ने चेतावनी निजी पेट्रोल पम्प व्यवसायीले दिएका छन् ।
काठमाण्डौँ उपत्यकामा अधिकांश पेट्रोल पम्पहरु घनाबस्ती वा सडकको छेउमा रहेका छन् । पेट्रोल पम्महरु सडक छेउमा हुुँदा सवारी आवागमन नै प्रभावित हुुदै आएको छ । भने घना बस्तीमा हुुँदा आगजनीका समस्या पनि त्यतिकै रहेको छ । ट्राफिक जाम र सुुरक्षाका कारण प्रधानमंन्त्री कार्यालयले उपत्यकाका सडक छेउमा रहेका १८ वटा पेट्रोल पम्पलाई अन्यत्र सार्न पत्राचार गरिसक्दा पनि व्यवसायीहरु मान्ने मनस्थितीमा रहेको दैखिदैन् ।
नेपाल आयल निगमले धेरै पहिलेदेखि नै सडक छेउका पेट्रोल पम्पहरुलाई स्थानान्तरण गर्न पटक–पटक आग्रह गर्दै आएको थियो भने यसपटक पत्र नै पठाएर निर्देशन दिएको छ ।
काठमाण्डौँको तीनकुुने,चाबहिल,बालकुुमारी र कोटेश्वरमा रहेका पेट्रोल पम्पमा आगलागी भईसकेको छ । बसोबास वा आवतजावत बढी हुने स्थानमा रहेका पेट्रोल पम्पमा दुर्घटना भए ठुुलो क्षति हुुन सक्ने सम्भावना रहेकोले पनि व्यवसायीहरुले सरकारको निर्देशन पालना गर्नु नै उचित हुन्छ ।