झापाको बिर्तामोडमा खाना महोत्सव | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

झापाको बिर्तामोडमा खाना महोत्सव

काठमाडौं, ११ माघ । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु हुँदै आएको झापाको विर्तामोडमा शनिबार खाना महोत्सव गरिएको छ । स्थानीय खानाका परिकारहरुलाई प्रवर्द्धन गर्दै महोत्सव आयोजना गरिएको हो ।

खानालाई उद्यमसंग जोड्दै स्थानीय परिकारलाई प्रचार प्रसार गर्न सके महिलाहरु आत्मनिर्भर बन्न सक्ने महिला उद्यमी संघ नेपालकी अध्यक्ष गोमा भट्टराईले बताउनुभयो ।

संविधान सभा सदस्य मनकुमार गौतमले खाना महोत्सको आयोजना गरेर अर्गानिक खाना खान सिकाउनुलाई एउटा सन्देशको रुपमा लिन सकिने बताउनुभयो । उहाँले झट्ट हेर्दा सानो कार्यक्रम देखिएपनि यसले दुरगामी अर्थ राख्ने बताउनुभयो ।

खाना महोत्सवमा ढिँडो, गुन्द्रुक, सेलरोटी, खिर, अचार, तरकारी, फापरको फुरौला, सिस्नोको सुप लगायतका स्थानीय परिकार राखिएको छ । यस्तो खाना स्वास्थ्य बर्धक रहने भन्दै बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले नगरपालिकाले समेत अर्गानिक खानामा जोड दिँदै नगरमै विषादीको प्रयोगलाई कम गर्दै लगेको दावी गर्नुुभयो ।

महोत्सवमा आएकाहरुलाई स्थानीय खानाको परिकारको स्वाद चखाउँदै त्यसको विषयमा समेत जानकारी दिइएको छ । हरेक वर्ष यहाँ माघ ११ गतेका दिन एकदिने खाना महोत्सव गरिने आयोजकले जनाएकोे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);