काठमाडौं, ११ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले साँघुरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा संकटाले गोल गरेको थियो ।
खेलको ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा मार्टिन्सले हेड गोल गरेका थिए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ ।