कुपण्डोलस्थित होटल हिमालय अगाडिकाे सडकमा विजुलीको पोल ढल्यो (तस्बिर सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कुपण्डोलस्थित होटल हिमालय अगाडिकाे सडकमा विजुलीको पोल ढल्यो (तस्बिर सहित)

काठमाडौं, ११ माघ । कुपण्डोलस्थित होटल हिमालय अगाडीको सडक किनारामा रहेको विजुलीको पोल ढलेको छ । विजुलीको पोल ढले पनि कुनै मानविय र भौतिक क्षति भएको छैन ।

शनिबार सडकमा गाडी कम गुडेकाले ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । पोल सडकको आधा-आधी भागसम्म आएको छ ।

विद्युत प्रभाव भइरहेको पोल सडकोबीचमै ढलेपनि मानविय र भौतिक क्षति नभएको प्रत्यक्षदर्शी ओमराज सिल्पकारले बताउनुभयाे । सडकको मध्य भागसम्म विजुलीको पोल आएकाले सवारी आवागमनमा बाधा पुगेको छ ।

ठूलो आवाजमा नांगो तारसहित पोल सडकमा ढल्दा स्थानीय आत्तिएका थिए भने सडकमा गुडिरहेका सवारी  चालककाे हाेशै उडेकाे थियाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);