कास्की, ९ माघ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्। श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरी विजयी भए ।
उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाएका छन् । श्रेष्ठले १ हजार २ सय १८ मतान्तरले जित हासिल गरेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी भएका हुन् । मतदानमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।