काठमाडौँ, १ असोज । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् ।
मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।
व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् ।
चामलमा मात्रै प्रतिबोरा एक सय देखि एक सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरु बताउँछन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार,
खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।
जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।
गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।
यो खबर आजको कारोबारमा छ ।