थ्री स्टारद्वारा हिमालयन शेर्पा ३–१ गोल अन्तरले पराजित
काठमाडौं, ९ माघ । थ्री स्टार क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो ।
थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल गरे ।
जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।