काठमाडौं, ८ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेलहरु शुरु हुँदैछन् ।
आज दशरथ रंगशालामा मछिन्द्र र नेपाल पुलिस क्लबबीच हुनेछ । लिगमा आठौं चरणका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । मछिन्द्र १३ अंकसहित दोस्रो स्थानमा छ भने ११ अंकसहित छैटौं स्थानमा रहेको छ । आजको खेलमा मछिन्द्र विजयी भए शीर्ष स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्ने छ भने पुुलिस विजयी भए मछिन्द्रलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने छ ।
सातौं चरणमा मछिन्द्र हिमालयन शेर्पासँग पराजित भएको थियो भने पुलिसले जावलाखेललाई पराजित गरेको थियो । खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।