ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु

donald trump

एजेन्सी, ८ माघ । ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु, रिपब्लिकन र डेमाक्र्याट्स नेताहरुबीच विवाद भएको छ ।

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा भने बहस गरिरहेका छन् । ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चलेको हो ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् । तर विपक्षी डेमोक्रयाटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताउँछन् । ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कंग्रे्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन् ।

अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथसमेत लिएको बीबीसीले जनाएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);