कुनैपनि नागरिकको घर पुनर्निमाण नभएको भए प्राधिकरणमा जानकारी गराउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

कुनैपनि नागरिकको घर पुनर्निमाण नभएको भए प्राधिकरणमा जानकारी गराउन आग्रह

sushil gyawali

काठमाडौं, ६ माघ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निमाण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै भूकम्प पीडितहरुको प्रश्नको जवाफ दिंदै ज्ञवालीले प्राधिकरणले अहिलेसम्म जनताको घर बन्ने कुरामा प्रेरित गरिराखेको र कसैको घर बन्न नसकेको भए जानकारी गराउन आग्रह गर्नुभएको हो ।

उहाँले सरकारले दिएको रकमले आफुले चाहे जस्तो घर बनाउन रकम नपुग भए वाणिज्य बैंकहरुमार्फत सहुलियत ब्याजदरमा निश्चित समयका लागि ३ लाख रुपैयाँ सम्म कर्जा लिन सक्ने व्यवस्थाको सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । भूकम्प पीडितहरुले आफ्नो घर पुनर्निमाणका लागि भएका समस्याको सम्बन्धमा प्रश्न गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);