थारु र मगर समुदायले टुँडिखेलमा धुमधामसँग मनाए माघी पर्व | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

थारु र मगर समुदायले टुँडिखेलमा धुमधामसँग मनाए माघी पर्व

काठमाडौं, १ माघ । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाएका छन् । थारु समुदायले बुधबार ‘माघी महोत्सव’को आयोजना गरी धुमधामका साथ माघी मनाएका हुन् ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गर्छ । थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न नाचगान सहित रमाइलो गरी माघी मनाएका छन् । महोत्सवमा थारु संस्कृति भल्कने घाटो, सामा चकेवा, झम्टा, थारु लगायतका नाचको प्रदर्शनी गरिएको थियो ।

महोत्सवमा थारु जातिका विभिन्न खानाका परिकार राखिएको थियो । माघीमा विशेषगरी खिचडी, अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघी लगायतका परिकारहरु खाने प्रचलन छ । त्यस्तै महोत्सवमा थारु समुदायले एक अर्काबीच शुभकामना आदानप्रदान र मिष्ठान्न भोजन गरी रमाइलो गरेका थिए ।

मगर समुदाय

यसैगरी मगर समुदायले पनि यो पर्वलाई नयाँ वर्षको रुपमा मनाएका छन् । देशका विभिन्न भागमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा यो पर्वलाई मनाएका छन् ।

मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत माघे संक्रान्ति मनाउने गर्छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले बुधबार काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन् । कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैज्यू लगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरेका थिए ।

माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी लागयतका परिकारहरु तयार गरी वितरण गरिएको थियो । टुँडिखेलमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मागर सहभागि हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);