उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजिनामा दिन नेकपा सचिवालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजिनामा दिन नेकपा सचिवालयको आग्रह

shivamaya tumbahamfe

काठमाडौं, २६ पुस । नेकपा सचिवालय बैठकले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सभामुखमा उम्मेद्वारी दिनका लागी उपसभामुख डा. तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको हो ।

उपसभामुखले राजीनामा नदिँदासम्म नेकपाले उम्मेद्वारी दिन नपाउने संबैधानिक अड्चन रहेको कारण उहाँलाई राजीनामा दिनको लागी आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाभित्र सभामुखको टुंगो लाग्न नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन २ पटक स्थगित भइसकेको छ । आइतबार प्रतिनिधी सभाको बैठक बोलाइएको छ ।

बैठकको मुख्य ऐजेण्डा नै सभामुखको निर्वाचन रहेको छ । नेकपाको यो निर्णयसँगै आइतवारको बैठक उपसभामुखले राजीनामा दिएमा सुचारु हुने बाटो खुल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);