तनहुँ, २५ पुस । तनहुँको घिरिङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापाको घटनास्थलमै मृत्यु भएको हो। घिरिङ गाउँपालिका– ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।