अमेरिका-इरानबीच चुलिएको तनावलाई थप नबढाउन नेपाल सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

अमेरिका-इरानबीच चुलिएको तनावलाई थप नबढाउन नेपाल सरकारको आग्रह

काठमाडौं, २४ पुस । पछिल्लो समय अमेरिका र इरानबीच चुलिएको तनावबारे नेपाल सरकारले आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तनावलाई थप नबढाउन र सो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न दुबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

नेपालले कुनै पनि विवादलाई शान्तिपूर्ण रूपमा टुंग्याउनुपर्ने आफ्नो पूरानो मान्यता पनि दोहाेराएको छ । यसैबीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायतका विषयहरूमा नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधिसँग बिहिबार छलफल गर्नु भएको छ ।

छलफलमा पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकता हेरेर समन्वित ढंगबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी समेत गर्न परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा अन्तरनिकाय समन्वय समिति गठन गर्ने निष्कर्ष निकालेको जनाईकोछ ।