नेपालले रुसी कदमको विरुद्धमा उठायो आवाज, भन्यो– युक्रेनमाथि शक्ति प्रयोगको विरोध गर्दछौं  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालले रुसी कदमको विरुद्धमा उठायो आवाज, भन्यो– युक्रेनमाथि शक्ति प्रयोगको विरोध गर्दछौं 

काठमाडौं । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो । ‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । 

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।परराष्ट्रले राष्ट्रसंघको सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्ण रूपमा सम्मान गर्नुपर्ने बताएको छ । 

‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्रले स्पष्ट शब्दमा भनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);