इरान जाने याेजना स्थगित गर्न परराष्ट्र मन्त्रालयकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

इरान जाने याेजना स्थगित गर्न परराष्ट्र मन्त्रालयकाे आग्रह

foreign ministry

काठमाडाैं । परराष्ट्र मन्त्रालयले इरान जाने योजना स्थगित गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै स्थिति सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले सूचना निकालेर इरानमा बसोबास गर्ने वा रोजगारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा देश छोड्नको लागि उपयुक्त माध्यम अपनाउन भनेको छ । त्यहाँ रहेका सबै नेपाली नागरिकलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, परिचयपत्र र अन्य यात्रा कागजात तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।

समन्वय र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाण्डौ वा कतारको दोहामा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । यसअघि मन्त्रालयले गएको पुस १३ गते पनि इरानसम्बन्धी यात्रा चेतावनी ट्राभल एडभाइजरी) जारी गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार