पौडेल समूहका जिल्ला सभापतिको भेला आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

पौडेल समूहका जिल्ला सभापतिको भेला आज पनि बस्दै

paudel pachya congress vela

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आजपनि जारी छ । पार्टी कार्यालय सानेपामा सोमबारदेखि जारी भेलामा जिल्ला सभापतिहरुले बोल्ने क्रम नसकिएपछि लम्बिएको हो ।

मंगलबारसम्म आफ्ना बिचार राख्ने क्रममा जिल्ला सभापतिहरुले महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरी केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले त्यसलाई सच्याउन सुझाव दिएका छन् । पार्टी भित्रको बिवाद महाधिवेशन अघि नै समाधान गर्नुपर्नेमा नेतृत्वले तत्काल पहल चाल्नुपर्ने उनीहरुको माग छ ।

सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेसनको कार्यतालिका पार्टी भित्र सहमति, सहकार्य र एकतालाई कायम राखेर ल्याउन नसकेकोमा सभापतिहरुको गुनासो थियो ।

नेपाली कांग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पुर्‍याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);