सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालयमा जेष्ठ नागरिककाे धर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालयमा जेष्ठ नागरिककाे धर्ना

सप्तरी, २१ पुस । सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी धर्ना सुरु गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा जेष्ठ नागरिकहरुले सुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

कार्यालयको मुख्यद्वारमा धर्ना बसेका कारण कार्यालयको सम्पूर्ण कामकाज पूर्णरुपमा ठप्प भएको हो । जेष्ठ नागरिकहरुले गत मङ्गलवार गाउँपालिका कार्यालय घेराउ गरेर सुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका छन् ।

गाउँसभा अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गर्नुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन र मल उपलब्ध हुनुपर्ने लगायत माग राखी उनीहरुले आन्दोलन थालेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);