वामदेवको सर्त अस्वीकार, नारायणकाजी विनासर्त तयार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वामदेवको सर्त अस्वीकार, नारायणकाजी विनासर्त तयार

bamdev-and-narayankaji

काठमाडौं, १९ पुस । नेकपाले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको छ । आगामी ९ माघमा १८ सिटका लागि निर्वाचन हुँदै छ । ६ वटा प्रदेशमा नेकपाको स्पष्ट बहुमत छ, प्रदेश २ मा पनि राजपासँग तालमेल गरेका कारण कांग्रेस यो निर्वाचनमा लगभग शून्य हुने सम्भावना छ । शुक्रबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । प्रदेश २ का चार सिटमध्ये राजपालाई दुई सिट दिने गरी तालमेल गरिएको छ ।

बैठकमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने विषयमा गम्भीर छलफल भएको थियो । तर, गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो सुनिश्चितता गर्नुपर्ने सर्त राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष प्रचण्डले अस्वीकार गरेका थिए । ‘ससर्त उम्मेदवार बनाउन सकिन्नँ’ भन्दै नेतृत्वले उनको माग अस्वीकार गर्‍यो । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका अर्का सचिवालय सदस्य श्रेष्ठ भने उम्मेदवार बन्न सहजै तयार भए ।

स्रोतका अनुसार राष्ट्रिय सभा उम्मेदवार छान्न बसेको नेकपा सचिवालय बैठकमा सुरुमै अध्यक्षद्वय ओली र प्रचण्डले गौतम तथा श्रेष्ठलाई राष्ट्रिय सभामा जान प्रस्ताव गरेका थिए । दुई अध्यक्षको प्रस्ताव आएलगत्तै गौतमले आफ्नो सर्त अगाडि सारेका थिए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);