उधुम गफाडी थिए केपी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

उधुम गफाडी थिए केपी

gafadi oli

काठमाडौं, १९ पुस । राजनीतिले दिएको अवसरको कुरा गर्दा यो देशमा दुई मान्छेको तुलना गर्न मन लाग्छ मलाई । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को केपी (खड्गप्रसाद शर्मा ओली) । इतिहासको अलग–अलग कालखण्डमा जन्मिएका यी दुवैले अलग–अलग समयमा चुनावमा बहुमत ल्याए र प्रधानमन्त्री बने । नेपालको इतिहासमा जम्मा दुई पटक भएको दुई तिहाइको सरकारका प्रमुख बीपी र केपीको जीवनचाहिँ आकाश–जमिनको फरक रह्यो ।

बीपी जन्मजात सम्पन्न थिए । बाबु कृष्णप्रसादको राणाहरूसँग कुरा नमिल्दा उनी परिवारका साथ निर्वासनमा जानुपर्‍यो । त्यस बखत गरिबीका कारण नास्तामा चना र सक्खर खानुपर्ने अवस्था आइलागेको बीपीले लेखेका छन् । उनका लागि त्यो तुच्छ र गरिबले खाने भोजन त्यतिबेला आम नेपालीका लागि राम्रै खाना हो, जो हरकसैका लागि सजिलै पाइने वस्तु थिएन । यसबाट पनि थाहा हुन्छ, बीपी एक सम्भ्रान्त मानिस थिए । र नै त, त्यस्तो लखेटिएको जिन्दगीमा पनि उनले स्नातकसम्म पढ्न सके ।

उनका यस्ता कुरा सुन्दा मलाई केपीका बाल्यकाल झलझल्ती याद आउँछ । सानामा उनी यस्तै उधुमका गफाडी थिए । उनलाई समूहमा आफू सबभन्दा जान्ने भएर प्रस्तुत हुन मन पर्थ्यो, उनका वरपर भएका चाहिँ उनलाई त्यस स्तरमा पत्याउँदैनथे । तयारी नगरी र क्षमता नभई बोल्ने उनको बानीले मान्छेको विश्वास गर्न सक्ने सामर्थ्य नै खत्तम पार्थ्यो । उनको नानीदेखि लागेको त्यही बानी अहिले प्रधानमन्त्री हुँदासम्म पनि गएको छैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);