काठमाडौं, १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताउनुभएको हो । उहाँले च्यान्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
मन्त्री भट्टराईले यही जनवरी १ तारिकदेखि भ्रमण वर्ष २०२० शुरु भएको अवस्थामा यस्ता कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिनुभयो ।