नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको आग्रह

काठमाडौं, १५ पुस । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन भारतलाई आग्रह गर्नुभएको छ ।

नेकपा हेटौंडा उपमहानगरपालिका भित्रका वडा कमिटीहरुको संयुक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कालापानी नेपालको रहेको बताउँदै भारतीय सेना हटाउन आग्रह गर्नु भएको हो ।

उहाँले वार्तामार्फत् नै विद्यमान सीमा समस्याको हल खोजिनु पर्ने बताउनु भयो । एक फरक प्रसंगमा पहिले देखि नै नेकपाको वर्चस्व रहेको स्थानमा उपचुनावमा हार व्यहोरेकाले अव सच्चिएर अगाडी वढ्नुको विकल्प नभएको नेपालको भनाई छ ।

नेता नेपालले आफुहरु कसैको विरुद्धमा पनि गठवन्धन नगरी राष्ट्रियताको पक्षमा सवै मिलेर जाने बताउनु भयो । कार्यक्रमको अवशरमा नेपालले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६ सय ६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);