एजेन्सी, १५ पुस । अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । राष्ट्रपति ओमार अल वशीर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
शिक्षक हत्याको मुद्दामा सृुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो । राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन् चर्केको थियो ।