काठमाडौंमा एकदिने असन महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा एकदिने असन महोत्सव

काठमाडौं, १२ पुस । राजधानीमा रहेको ऐतिहासिक व्यापारिक बजार असनको ऐतिहासिकता प्रवर्द्धन गर्ने उद्देश्य सहित शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ ।

असन सेवा समाजको सहकार्यमा वडा नम्बर २७ ले असन बजारको मूख्य चोकमा महोत्सव आयोजना गरेको हो । ‘नेपालको पहिचान र गौरव भएको नेपाल संबत् सरकार आफैंले सञ्चालन गर्नुपर्छ’ भन्ने मुल नारासहित असन चोकमा महोत्सव चलाइएको हो ।

महोत्सवलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेवारी संस्कृतिको संरक्षणका लागि सबै नेवार समुदायहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले नेवारी संस्कृति र मौलिकता जोगाउन सके पर्यटन क्षेत्रको समेत विकास हुने बताउनुभयो । नेवारी परिकार, नेवारी संस्कृति तथा परम्पराको प्रचारप्रसार गर्ने उद्देश्य समेत महोत्वसले राखेको स्थानीयले बताएका छन् ।

महोत्सवमा नेवारी परिकारहरु यमरी, बारा, मःम, छोइला, कचिला, सफुमिचा, चोही, बः लगायतका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका छन् । त्यस्तै परम्परागत नाच र गायन गरी ३० वटा प्रस्तुति समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);