‘बलि दिन’ भारत लैजादै गर्दा यसरी जोगिइन एक युवती, घटनामा संलग्न सात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

‘बलि दिन’ भारत लैजादै गर्दा यसरी जोगिइन एक युवती, घटनामा संलग्न सात पक्राउ

काठमाडौं, १० पुस । महानगरीय प्रहरी परिसर काठमाडौंले एक युवतीलाई मृत्युको मुखबाट बचाएको छ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पु-याईएको थियो । युवतीलाई बोर्डर पास गराई तान्त्रिक पुजा गरी भारतमा बलि दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका वर्ष २६ बर्षिय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह, दाङका २४ वर्षीया दिल कुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ बर्षिया प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रंजित कुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अशोक सिंहले मोटो रकम पाउने आशामा ६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पुजाको लागि बोर्डर पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्विकार गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

पीडित युवतीले शंकागरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको सिंहले बताउनुभयो ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याईएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);